एजेन्सी, च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस र डच क्लब अजाक्सले बराबरी खेलेका छन् ।अजाक्सको मैदानमा भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसहितको इटालियन क्लब युभेन्टस १–१ को बराबरीमा रोकिएकोा हो । पहिलो हाफमा रोनाल्डोको गोलबाट अग्रता लिए पनि युभेन्टसले त्यसलाई जोगाउन सकेन । ४५ औँ मिनेटमा रोनाल्डोले भ्रमण…