एजेन्सी । बंगबन्धु गोल्डकपको पहिलो खेलमा गत संस्करणको विजेता नेपालले ताजिकिस्तानसँग २–० गोल अन्तरले पराजय व्यहोरेको छ । बंगलादेशको सिलेट डिस्ट्रिक्ट रंगशालामा भएको खेलको २७औँ मिनेटमा नेपालको पेनाल्टी बक्समा अनन्त तामाङले ताजिकिस्तानका जर्सी नम्बर १० का खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ताजिकिस्तानका कप्तान जर्सी नम्बर १८ का खेलाडी फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीलाई गोलमा परिणत…