काठमाण्डौ । साफ १७ वर्षमुनिको च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । श्रीलङ्कामा गएराति भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै विजयी सुरुवात गरेको हो । कोलम्बोको रेस कोर्स मैदानमा भएको खेलमा नेपालका उनेश बुढाथोकी र सिमान्त थापाले एकरएक गोल गरे । भुटानका जेत्सुन दोर्जीले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा उनेशले गोल…