काठमाडौं ।फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ मा ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग गर्ने भएको छ । फिफाले शुक्रबार ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’बाट धेरै छिटो र विश्वसनीय निर्णय आउने विश्वास व्यक्त गरेको छ । “हामीले भिडियो सहायक रेफ्री (भीएआर) को प्रभावकारी प्रयोगका लागि निरन्तर काम गर्दै आएका छौँ । विशेष गरी अफसाइड लाइनको विषयमा,” फिफा रेफ्री…