८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

श्रीलंकाविरुद्ध अष्ट्रेलियाको जित



काठमाडौँ ।

घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ।
कोलम्बोमा गएरातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३-२ ले हरायो।

श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मार्नुस ३१ रनको योगदान गरे। श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो।
श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए। कुशल मेन्डीसले २६ रनको योगदान गरे।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  ८ : ३७ बजे