१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईलाई



काठमाण्डौ ।

एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ । मलेसियाको किनरारा मैदानमा आज भएको फाइनलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो ।

मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । यूएईका थिर्था सतिसले ५५ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले एकरएक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । उसका एन्ना हसिमले अविजित २८ रन तथा नुर अरिनाले २५ रन जोडे ।

वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, थाइल्यान्ड, मलेसिया र यूएई हुनेछन् ।

प्रकाशित मिति : ११ असार २०७९ शनिबार ००:००  १२ : १८ बजे