१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

चार्ली च्याप्लिनका १० भनाई जसले बदलिदिन सक्छ तपाइँको सोँचाई


२७ जेष्ठ २०७४ शनिबार ००:००  

0
Shares

चार्ली च्याप्लिन विश्वका महान हास्यव्यंग्यकार मानिन्छन् । यिनले आफ्नो जिवनमा निकै ठूलो सफलता हात पारे तर उनको जिवनका सुरुवाती दिनहरु निकै कष्टप्रद थिए ।

तर आफुले जिवनमा जतिधेरै दुख झेल्नुपरेपनि उनले अरुलाई हँसाइ नै रहे । उनका केही भनाईहरु यस्ता मर्मस्पर्शी छन् जसले दुखमा नआत्तिन र धैर्य गर्न प्रेरणा दिन्छन् । साँच्ची उनका केही भनाइहरुले हाम्रो सोँचाइ नै बदलिदिन्छन् । हाम्रो सोँचाइ नै बदलिदिने चार्लीका १० भनाई यस्ता छन्:
ऐना मेरो सबैभन्दा असल साथी हो । किनकी जब म रुन्छ तब ऊ कहिल्यै पनि हाँस्दैन ।
यो दुनियामा कुनैपनि चिज स्थायी छैन, हाम्रो दुखपनि स्थायी होइन ।
म सधै झरीमा घुम्न मन पराउँछु, ताकी कसैले पनि म रोएको नदेखोस् ।
नहाँसीकन बिताएको दिन बर्बाद गरेको दिन हो ।
यदि तपाइँ मुस्कुराउनुभयो भने थाहा पाउनुहुन्छ की जिवन अझैपनि मूल्यवान छ ।
मेरो दुख कसैको हाँसोको कारक बन्न सक्छ, तर मेरो हाँसो कहिल्यैपनि कसैको दुखको कारक नबनोस् ।
केहीपनि नगर्ने तर कल्पना मात्र गर्नुको कुनै अर्थ छैन ।
मलाई लाग्छ सही समयमा गलत काम गर्नु जिवनका कैयौँ विडम्बना मध्ये एक हो ।
आवश्यक परेको बेला साथीलाई सहयोग गर्न सजिलो छ, तर उसलाई आफ्नो समय दिनु सदैव सम्भव नहुन सक्छ ।
यदि तपाइँले सधै तलमात्र हेरिरहनुभयो भने इन्द्रेणी कहिल्यैपनि भेट्टाउन सक्नुहुनेछैन ।

प्रकाशित मिति : २७ जेष्ठ २०७४ शनिबार ००:००  ४ : ३३ बजे