७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

खाली पेट लसुन खानुका फाइदै फाइदा


२८ जेष्ठ २०७४ आइतबार ००:००  

0
Shares

लसुनले खानाको स्वादलाई बढाउनुका साथै यसमा औषधीय गुण पनि रहेको हुन्छ । यसले वास्तविक रुपमा थुप्रै प्रकारको रोगलाई रोक्न र उपचार गर्न निकै सहयोग गर्दछ । यसको गन्ध निकै तेज र स्वाद तिखो  हुन्छ । लसुनमा एलियम नामक एन्डिबायोटिक हुन्छ जसले थुप्रै रोगको उपचारमा प्रभावकारी भूमिका खेल्ने गर्छ । लसुनको नियमित सेवनले रक्तचाप कम वा धेरै हुने समस्या हुँदैन । एसिडिटीको समस्यामा यसको प्रयोग निकै लाभदायक हुन्छ । थुप्रै अध्ययनका आधारमा खाली पेट लसुनको सेवन गर्दा यसको शक्ति अझै बढ्ने र यो निकै बलियो प्राकृतिक एन्टिबायोटिक बन्ने गर्दछन् ।

खाली पेट लसुन खानुका फाइदाः

– लसुन उच्च रक्तचापको लक्षणमा वास्तवमा नै प्रभावकारी साबित हुन्छ । यसले रक्तसंचारलाई नियन्त्रण गर्नुका साथै विभिन्न प्रकारका मुटुसम्बन्धी समस्याबाट पनि बचाउँछ ।

– लसुनले पेटको समस्या जस्तै पखालाको उपचारमा प्रभावकारी हुन्छ ।

– लसुनले पेटको समस्यालाई टाढा राख्न मद्दत गर्दछ । यो राम्रो पाचन र भोकलाई बढाउनमा मद्दत गर्दछ ।

लसुन र वैकल्पिक चिकित्साः

– लसुन डिटाक्सिफिकेशन गुणका कारण वैकल्पिक चिकित्सामा सबैभन्दा कुशल खाद्य पदार्थमा मध्येको एक मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो परजीवी र किराबाट शरिरलाई सफा गर्दछ र मधुमेह रोग र केही क्यान्सरबाट पनि जोगाउँछ ।

– तर तपाईंलाई एलर्जीको समस्या छ भने दुई महत्वपूर्ण कुरा याद राख्नुपर्छ । एक त यसलाई काँचो नखानुहोस् । दोस्रो, कुनै पनि प्रकारको छाला सम्बन्धि समस्या, शरिरको उच्च तापक्रम र टाउको दुखिरहेका बेला यसको सेवन बन्द गर्नुहोस् ।

– केही अध्ययन अनुसार एचआइभी÷एड्सका लागि औषधी खाइरहेका रोगीका लागि लसुनको सेवन कहिलेकाँही निकै खतरनाक पनि हुन सक्छन् । त्यसकारण यी विशेष स्वास्थ्य समस्याहरु छ भने तपाईं निकै सावधान हुन आवश्यक छ ।

लसुनको अन्य स्वास्थ्य लाभः

– लसुन क्षयरोग, दम, निमोनिया, रुघाखोकी, ब्रोन्काइटिस, फोक्सोको संक्रमण र खोकीको रोकथामाका लागि प्रभावकारी मानिन्छ ।

– क्षयरोगका बिरामीले बिहान खाली पेटमा लसुन खानु निकै फाइदाजनक मानिन्छ ।

– दाँतको दुखाईमा पनि लसुनको सेवन फाइदाजनक हुन्छ । यदि दाँतमा किरा लागेर दुखीरहेको छ भने तपाईंले लसुनको टुक्रालाई तातो बनाएर ती टुक्रालाई दाँतमा राखेर केही बेरसम्म थिच्नुहोस् । यस्तो गर्दा दाँतको समस्या ठिक हुने गर्दछ ।

– क्षयरोग र खोकीजस्ता समस्याका लागि पनि लसुन प्रभावकारी हुन्छ । लसुनको रसलाई कपडामा राखेर सुघ्दा चिसो लगेको निको हुन्छ ।

लसुनको नियमित सेवन गर्दा तपाईंले थुप्रै प्रकारको स्वास्थ्य लाभ पाउनुहुन्छ जसले तपाईंको स्वास्थ्यको रक्षा गर्दछ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७४ आइतबार ००:००  ४ : ५२ बजे