१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

घुर्ने मानिस कसरी सुत्ने ?


२९ जेष्ठ २०७४ सोमबार ००:००  

0
Shares

तपाईं असाध्य घुरुवा त होइन ? हो भने होस गर्नुहोस् है । निकै घुर्ने मानिसको आयु छोटिन सक्ने वैज्ञानिकहरुले जनाएका छन् । अत्यधिक घुर्ने मानिसमा मुटु रोगको खतरा भएको उनीहरुको भनाइ छ । अझ घोप्टो परेर सुत्नेहरु त झनै जोखिममा हुन्छन् ।
नआत्तिनुहोस्, केही थप सिरानी किन्दा पनि तपाईं खतराबाट बच्नुहुन्छ । निदाउँदाखेरि क्षणिक श्वासप्रश्वास रोकिने मानिस कहिल्यै पनि उत्तानो सुत्न नहुने नयाँ अध्ययनले पत्ता लगाएको छ । उत्तानो सुत्दा राती घुराइ बढ्नुका साथै श्वासप्रश्वासमा अकस्मात खतरनाक विश्राम आउन सक्छ ।
सुत्दाखेरि छातीलाई ४५ डिग्रीको कोणमा रहने गरी सिरानीको प्रयोग गर्दा मुटु रोगको खतरा घट्ने वैज्ञानिकहरु बताउँछन् । कम्तीमा पाँच लाख बेलायतीको सुत्दा श्वास रोकिने गरेको पाइन्छ । ५० को दशकका र बढी तौल भएका मानिसमा यस्तो समस्या देखिन्छ । उनीहरु मुटुको समस्याबाट पनि पीडित हुन्छन् ।
मोटोपन, मुटुको रोग, चिनी रोग र क्यान्सरका कारण निद्रामा गडबडी हुन्छ । त्यसरी निद्रा नपुग्दा अन्य रोग लाग्ने खतरा रहेको चिकित्सकहरु बताउछन् । त्यसैले निद्रा राम्रोसँग पु¥याउनुपर्ने उनीहरुको कथन छ ।
युरोपियन सोसाइटी अफ कार्डियोलोजी कंग्रेस इन लन्डनमा प्रस्तुत गरिएको एक अध्ययनमा राती सुत्दा अत्यधिक घुर्ने मानिसमा आकस्मिक हृदयघातको खतरा देखिएको छ । सुत्दा छाती र टाउकोलाई ४५ डिग्रीको कोणमा मिलाउँदा यस्तो खतरा कम हुने उनीहरुको भनाइ छ । अनुसन्धानकर्ताले मुटुको समस्या भएका र घुर्ने ३० जनामा शृंखलाबद्ध परीक्षण गरेका थिए ।
टर्कीको एक युनिभर्सिटीमा गरिएको यस अध्ययनमा अर्ध झुकावको आसनमा अर्थात् ४५ डिग्रीको कोणमा झुकेर सुत्नेहरुमा अन्यको तुलनामा मुटुको समस्या निकै कम देखिएको थियो । असजिलो गरी सुत्दा मुटुमा रगतको प्रवाह गर्ने धमनीमा अक्सिजनको कमी हँुदा अकस्मात हृदयघात हुने वैज्ञानिकहरुको तर्क छ ।
एजेन्सी

प्रकाशित मिति : २९ जेष्ठ २०७४ सोमबार ००:००  ४ : ४६ बजे