१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सेतै फुलिरहेको कपालको कालो बनाउने घरेलु उपायहरु


११ असार २०७४ आइतबार ००:००  

0
Shares

१. अमला

अमला मात्र तपाईको स्वास्थ्य को लागि गुणकारी छैन, बरु यसको नियमित उपयोगले सेतो भइरहेको कपालको समस्या बाट पनि राहत पाइन्छ । अमला लाई मात्र डाइट मा समावेश नगर्नुहोस्, बरु मेहन्दी मा मिसाएर यसको घोलले कपाल को कन्डिनिशनिङ गरिरहनुहोस् । चाहनुहुन्छ भने अमला लाई टुक्रा टुक्रा पार्नुहोस् र तातो नरिवलको तेलमा मिसाएर टाउकोमा लगाउनुहोस् ।

२. कँफी

यदि तपाई सेतै फुलिरहेको कपाल देखि परेशान हुनुहुन्छ भने ब्ल्याक टि र कँफी (को प्रयोग गर्नुहोस् । सेतो भइसकेको कपाल लाई यदि तपाई ब्ल्याक टी वा कँफीको पत्तीले धुनुभयो भने तपाईको सेतो भइरहेको कपाल पुनः कालो हुन थाल्छ । यस्तो कार्य तपाई दर्ुइ दिनमा एकपटक जरुर गर्नुहोस् ।

३. एलोभेरा

कपालमा एलोभेरा (Aloe Vera) जेल लगाउनाले पनि कपाललाई र्झन र सेतो हुन बन्द हुन्छ । यसको लागि तपाई एलोभेरा (Aloe Vera) जेलमा कागतीको रस बनाएर पेस्ट बनाउनुहोस् र यस पेस्टलाई कपाल मा लगाउनुहोस् ।

४. घिउ

घिउ (Ghee) ले मालिस गर्नाले त्वचा लाई पोषण मिल्छ । प्रतिदिन शुद्ध घिउले टाउकोलाई मालिस गरेर पनि कपाललाई सेतो हुने समस्या बाट छुटकारा पाउन सकिन्छ ।

५. दही

सेतो भइरहेको कपालको रंग प्राकृतिक रुपले बदलिनको लागि दही (curd) को प्रयोग गर्नुहोस् । यसको लागि हिना र दही (curd) लाई बराबर मात्रामा मिसाएर पेस्ट बनाउनुहोस् र यस पेस्टलाई कपाल (hair) मा लगाउनुहोस् । यस घरेलु उपचार लाई हप्तामा एकपटक लगाउनाले नै कपाल कालो हुन थाल्छ ।

६. प्याज

प्याज (Onion) तपाईको सेतो भइरहेको कपाललाई कालो गर्नमा मदत गर्नेछ । केही दिनसम्म हरेक दिन नुहाउनुभन्दा पहिले केही समय पहिले आफनो कपालमा प्याजको पेस्ट लगाउनुहोस् । यसले तपाईको सेतो कपाल कालो हुन थाल्छ, कपालमा चमक आउनेछ

प्रकाशित मिति : ११ असार २०७४ आइतबार ००:००  ११ : २३ बजे