१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

यस्ता छन् रातको समय गर्नै नहुने काम


१२ असार २०७४ सोमबार ००:००  

0
Shares

धेरैको राति कुनै न कुनै समय निन्द्रा खुल्छ । त्यो समयमा अनेक काम गर्छन् । तीमध्ये निम्न काम प्रायः धेरैले गर्छन् जुन गर्दै नगरेको राम्रो हुन्छ ।

चुरोट पिउनेः

निकोटिनले निन्द्रामा ठूलो प्रभाव पार्छ । निकोटिन लिइएको कति घण्टासम्म फेरि निद्रा नआउने समस्या छ । चुरोट पिउन नै राम्रो होइन, त्यसैमाथि मध्यरातमा चुरोट पिउनु त झन् धेरै हानिकारक हुन्छ ।

कफी सेवनः

चिया वा कफी मध्यरातमा पिउने पनि गरिन्छ । यो पनि स्वास्थ्यका लागि उपयुक्त ठानिदैन । कफीले केही घन्टाका लागि निन्द्रा भगाइदिने भएकाले पनि यो बानी सही होइन ।

खानेकुरा खानेः

कहिलेकाहिँ राति उठ्दा भोक लागेको महुसस भएर केही खानेकुरा खाने पनि गरिन्छ । तर, यो पनि स्वास्थ्यका लागि राम्रो होइन । किनकि यसले मोटोपन बढाउन सक्छ ।

टिभी हेर्नुः

निन्द्रा लागेन भने एकछिन टिभी हेरौंन भन्ने धेरैलाई लाग्छ । तर, टिभीले निन्द्रा झन् खराब गरिदिन्छ । एक त त्यसपछि आउने सपनामा समेत त्यही टिभीमा देखिने कुराहरु आउँदा ज्यान थकित महसुस हुन्छ । यसले दिमागको थकाई मेट्न दिँदैन ।

कामका बारे सोच्नुः

धेरैले उठिसकेपछि कामका बारे सोच्ने वा गर्न थाल्ने गर्छन् । यो त झन् ठूलो खराब बानी हो । किनभने राति कामबाट आराम पाइएन भने दिउसो समेत काम गर्ने मुड नचल्न सक्छ ।

रक्सी पिउनेः

निन्द्रा लागेन वा गहिरो निन्द्राका लागि भनेर धेरैले रक्सी पिउने गरेका हुन्छन् । यदि मध्ये राति मदिरा पिइयो भने बिहानसम्म त्यसको खराब असर हुन्छ । त्यो दिनभर यसैको ह्याङओभरमा बित्छ । -एजेन्सी

प्रकाशित मिति : १२ असार २०७४ सोमबार ००:००  ९ : ५५ बजे