१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

घुससहित स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. सिंह पक्राउ



काठमाडौँ, साउन ९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा. रमेश विक्रमसिंहलाई घुससहित पक्राउ गरेको छ । डा. सिंहलाई सेवा ग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारका एक अधिकारीका अनुसार सिंहलाई सेवाग्राहीसँग १० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो । डा. सिंह यसअघि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा कार्यरत थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : २९ बजे