१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एउटै माग राखेर डा. केसीद्धारा ११ औँ आमरण अनशन शुरु



काठमाडौं, साउन ९ ।
एउटै माग राखेर डा. गोविन्द केसीले सोमबार देखि ११औँ अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनुवाई नभएको भन्दै डा. केसी आजदेखि ११ औं आमरण अनशन बसेका हुन् । डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए । सरकारले माग सम्बोधन नगरेपछि डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन थालेका हुन् ।
आफूले यसअघि माग पूरा गर्न यही असार ३१ गतेको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनशन बस्न वाध्य भएको डा. केसीले बताएका छन् ।
विगतमा झैं यसपल्ट पनि आफ्नो अभियानमा नागरिकहरुको हरेक तह र तप्काबाट सद्भाव, सहयोग र सहभागिता हुने उनको विश्वास छ । डा. केसीले चिकित्सा शिक्षा ऐन पारित र चिकित्सा शिक्षा क्षेत्रका अनियमतता रोक्ने प्रमुख माग अघि सारेका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७४ सोमबार ००:००  २ : ३३ बजे