१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बढ्न थाले भाइरल ज्वरोका बिरामी



पाल्पा, साउन १२ ।
पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । भाइरल रोगबाट प्रभावित विशेष गरी पाँच वर्षमुनिका बालबालिका बढी देखा परेको उनले बताउनु भयो ।
नाकबाट सिंगान बग्ने, हाछ्युँ आउने, ज्वरो आउने, हल्का खोकी लाग्ने, खान नरुच्ने, ज्यान दुख्नेजस्ता भाइरल ज्वरोका लक्षण हुन् । मुख नछोपिकन हाछ्युँ गर्दा, संक्रमण बढ्दा तथा शरीरमा हुने प्रतिरक्षा शक्तिमा कमी हुँदै जाँदा यो रोगले मानिसमा आक्रमण गर्ने गर्दछ ।

प्रकाशित मिति : १२ श्रावण २०७४ बिहिबार ००:००  २ : ११ बजे