११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

घातक बन्दै मौसमी एन्फ्लुएन्जा



काठमाडौं, १५ साउन ।
राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।
मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङजाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रुप लिएको छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १ : २९ बजे