१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

शिक्षा कार्यालय कपिलवस्तुमा किचलो !



दिपक अनुरागी, कपिलवस्तु, साउन १५ ।
सरकारले जुनियनलाई जिल्ला शिक्षा अधिकारी बनाएर पठाएको भन्दै जिल्ला शिक्षा कार्यालय कपिलवस्तुमा हंगामा मच्चिएको छ । यस विरुद्ध तीव्र असन्तृष्टि व्यक्त गर्दै तीन जना सहायक जिल्ला शिक्षा अधिकारीहरु कार्यलयमा उपस्थित नभएको विशेष स्रोतले जनाएको छ ।
सरकारले जिल्ला शिक्षा अधिकारीको रुपमा सुरेन्द्रराज पराजुलीलाई कपिलवस्तु पठाएको छ । राष्ट्रिय परीक्षा बोर्ड बुटबलका प्रमुख रहि जिम्मेवारी सम्हालेका पराजुली अहिले कपिलवस्तुमा शिक्षा कार्यलयको बागडोर सम्हाल्न आएका छन् । तर पराजुलीको जिल्ला आगमन संगै कार्यलयमा हंगामा मच्चिएको छ ।
लामो समय देखि सहायक जिल्ला शिक्षा अधिकारीको रुपमा कार्यरत थानेश्वर ज्ञवाली, सुर्य प्रसाद भुषाल र थानेश्वर घिमिरे पराजुली भन्दा सिनियर हुन् । सहायक जिल्ला शिक्षा अधिकारी ज्ञवाली वरियताक्रम अनुसार पहिलो, भुषाल दोस्रो र घिमिरे तेस्रो नम्बरमा छन् । तर पराजुली तीनै जना भन्दा वरियताको आधारमा चौथो नम्बरमा छन् ।
निजामती कर्मचारी ऐन विपरित सरकारले नयाँ जिल्ला शिक्षा अधिकारी पठाए पछि तीनै जना सहायक जिशिअ असन्तृष्ट बन्नुभएको जनाइकोछ । आइतबार देखि पराजुली कार्यलयमा हाजिर भए संगै उहाँ तीनै जना कार्यलयमा उपस्थिती हुनु भएको छैन् । विशेष स्रोतका अनुसार तीनै जना सहायक शिक्षा जिल्ला अधिकारीले सरकारलाई ध्यानकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन् भने शिक्षा मन्त्रालयलाई पनि वरियताक्रम मिलाउन आग्रह गरेका छन् ।
हाल नियुक्त हुनुभएका जिल्ला शिक्षा अधिकारी पराजुली दुई बर्ष पहिला कपिलवस्तुमा जिल्ला शिक्षा अधिकारीकै रुपमा कार्यरत थिए । त्यति बेला पनि पराजुली वरियताका क्रममा जुनियर नै थिए । यद्यपि सरकारले पदस्थापन गरेका शिक्षा अधिकारीलाई जिम्मेवारी नदिएको कारण असन्तृष्ट बाहिर उजागर भएको थिएन । अहिले भने शिक्षा कार्यलयको किचलो एकाएक बाहिर आएको हो ।
विशेष स्रोतका अनुसार सरुवा भए कपिलवस्तु आएका पराजुली कांग्रेस निकट हुन । उनि प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिन्छन । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का सासंद अतहर कमालको बिशेष पहलमा पराजुली कपिलवस्तुको शिक्षा कार्यलयको प्रमुख सम्हाल्न आएको विशेष स्रोतको दाबी छ ।
बेला बेला शिक्षा कार्यलय कपिलवस्तुमा वरियताक्रम नमिलेकै कारण काममा बाधा उत्पन्न हुदै आएको छ । अहिले देखिएको विवाद बाहिरी सतहमै देखा परेको छ । ६ जना सहायक जिल्ला शिक्षा अधिकारी कपिलवस्तुमा छन् । करिब दुई बर्ष सम्म जिल्ला शिक्षा अधिकारीको रुपमा रहेका तत्कालिन हरी गौतम अहिले क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेत सरुवा भएका छन् ।
गौतम कपिलवस्तुका सबै शिक्षा अधिकारी भन्दा वरियताक्रममा माथि नै थिए । तर यसपालि सरकारले नीजामती सेवा ऐन विपरित गई जिल्ला शिक्षा अधिकारी नियुक्त गरेको छ । कपिलवस्तुको शिक्षाको हिसावमा लुम्बिनी अञ्चममै पछाडी छ । लुम्बिनी अञ्चलका ६ जिल्ला मध्ये ५ जिल्ला साक्षर घोषणा भइसक्दा कपिलवस्तु अझै साक्षर जिल्ला घोषणा हुन सकेको छैन् । जिल्लालाई यहि सन २०१७ सम्ममा साक्षर घोषणा गर्ने लक्ष्य राखिएको थियो तर काम अझै आधा पनि सकिएको छैन् ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  ११ : ४१ बजे