१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

भरतपुरमा साउन २० गते चुनाव हुने



चितवन, साउन १७  ।

चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा यही साउन २० गते मतदान हुने भएको छ । भरतपुरमा मंगलबार बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गरेको नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावको मिति तय गर्न सोमबार मात्र चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो । त्यो निर्देशन अनुसार चितवनका मुख्य निर्वाचन अधिकृत न्यौपानलेले मंगलबार सर्वपक्षीय बैठक आह्वान गरेर चुनावको मिति तोक्नु भएको हो ।

१९ नम्बर वडामा आफूहरुले सोचे जति मत नआएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यसपछि निर्वाचन आयोगले त्यहाँ पुनः चुनाव गर्ने निर्णय गरेको थियो । पुनः चुनाव गर्ने निर्णयविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि त्यहाँ २० गते चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १२ : २४ बजे