१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

खाना पकाउने ग्यासको मूल्य घट्यो



मायादेवी, १७ साउन ।
सरकारले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । मंगलबार रातिदेखि लागू हुनेगरि नेपाल आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँले ग्यासको मूल्य घटाएको हो ।
यसअघि १३ सय ५० रुपैयाँ पर्ने प्रति सिलिण्डर ग्यास भोलिदेखि १३ सय २५ रूपैयाँमा पाइने भएको छ ।
पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य भने यथावत छ । मूल्य घटाएपनि आयल निगमलाई प्रति सिलिण्डर ग्यासमा ७४ रुपैयाँ ९० पैसा अझै नाफा बस्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १२ : ५० बजे