७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अब महिला हिंसा गरे तुरुन्त कारबाही



काठमाडौं, १७ साउन ।
प्रहरीले सार्वजनिक गाडीमा महिला हिंसा बढेको भन्दै त्यसलाई रोक्न अभियान सञ्चालन गर्ने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयले महिला हिंसा रोक्न भन्दै सेफ्टी पिन अभियान सञ्चालन गर्न लागेको हो । साउन १८ अर्थात बुधबारबाट यो अभियान सुरु हुने महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
मंगलबार आयुक्त कार्यालय रानिपोखरीमा पत्रकार सम्मलेन गर्दै निमित्त प्रमुख आयुक्त बम बहादुर भण्डारीले सार्वजनिक गाडीमा महिला हिंसा बढेको भन्ने गुनासो आएपछि यो कायक्रम सुरु गरिएको जानकारी दिनुभयो ।
महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित तीन जना प्रहरी परिचालन गरिने छ । साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरुन्त प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयल ल्याएर कानूनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
सार्वजनिक गाडीमा महिलाहरुलाई हेर्न नजर, गरिने व्यवहार, धकेलाधकेल, अपशब्द जस्ता घटनाहरु हुने गरेको प्रहरीले जनाएको छ ।
यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी महासंघ बाग्मती अञ्चल, सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा कमेन्द्रको सहयोगमा यो अभियान सुरु गरिएको हो ।
जसअन्तर्गत प्रहरीले जनचेतना जगाउने, स्टिङ अपरेशन गर्ने र कानूनी कारबाही गर्ने समेत जनाएको छ । यो अभियान सुरुमा तीन महिना गरिने आयुक्त कार्यालयले जनाएको छ । अभियान अहिले काठमाडौं उपत्यकामा मात्र लागु हुने छ ।

प्रकाशित मिति : १७ श्रावण २०७४ मंगलबार ००:००  १२ : ५५ बजे