६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

पूर्व र पश्चिमको पहाडी क्षेत्रमा बाढीको खतरा, विहिबार बिहानसम्म सतर्कता अपनाउन आग्रह



काठमाडौं, साउन १८ ।

पूर्व र पश्चिमको पहाडी भेगका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
विशेषगरी पूर्वको कन्काई र झापा, मोरङ तथा सुनसरीका चुरे क्षेत्रबाट बहने खोलानालामा बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म कुनै पनि बेला बाढी आउने भएकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन शाखाले आग्रह गरेको हो ।
बुधबार पूर्व र पश्चिमी पहाडी भेगमा रातको समयमा थप सचेत हुन र सुरक्षित ठाउँमा बस्न पनि शाखाले आग्रह गरेको छ । कता बाढी जाने संभावना छ भन्नेबारेमा ११५५ नम्बरमा फोन गरेर जानकारी लिन सकिनेछ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ६ : ४८ बजे