८ आश्विन २०७९, शनिबार | Sun Sep 25 2022

फेसबुकमार्फत जथाभावी गाली गरेको भन्दै भरतपुर महानगरका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ



काठमाडौ, साउन १८  ।

भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा पक्राउ परेका छन् । देवी ज्ञवालीका छोरा निरब ज्ञवालीलाई महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पुतलीसडकबाट पक्राउ गरेको हो ।

चुनावका बेला बाबु देवी ज्ञवालीका प्रतिस्पर्धी रेणु दाहाललाई फेसबुकमार्फत जथाभावी गाली गरेको भन्दै अपराध महाशाखाले निरबलाई पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

रेणु दाहाललाई गाली गरेपछि चितवन प्रहरीमा उजुरी परेको थियो । गाली गर्ने निरब काठमाडौंमा आएपछि चितवन प्रहरीले काठमाडौं प्रहरी परिसरलाई निरबलाई पक्राउ गर्न भन्दै पत्र काटेको थियो ।

काठमाडौं परिसरमा पक्राउ गर्न आएको पत्र परिसरले महाशाखालाई पठाउँदै निरबलाई पक्राउ गर्न सहयोग गर्न आग्रह गरेको थियो । सोही बमोजिम उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका निरबलाई साइबर अपराधमा मुद्धा चलाइने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  ११ : १० बजे