१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दोभानमा भिषण पहिरो, बुटवल पाल्पा सडकखण्ड अवरुद्ध



रुपन्देही, १८ साउन ।
बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पा दोभानको प्रहरी चौकी नजिकै ढुंगासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
दुई वटा डोजर लगाएर पहिरो हटाउने काम भैरहे पनि ठूलो पानी परेका कारण समस्या भएको प्रहरीले जनाएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । बाटो खुलाउन अझै केही घण्टा लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७४ बुधबार ००:००  १२ : ५३ बजे