१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो



काठमाडौं, साउन १९ ।

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो गएको छ । सेती दोभान, केराबारी र घुमाउने बिहीबार बिहान पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण बुधबार बेलुकादेखि अवरुद्ध भएको सडकखण्ड खुलाउन थप समस्या भएको छ ।

कालिखोला नजिकैको दुई किलो र तीन किलो भन्ने ठाउँमा खसेको पहिरोका कारण बुधबार बेलुका साढे सात बजेदेखि नै यो सडकखण्ड अबरुद्ध छ । पहिरोले बुधबार एउटा बस बगाएको थियो भने एउटा जीप पुरेको थियो । १६ घण्टासम्म बाटो नखुल्दा यात्रुलाई सास्ती भएको छ ।

चितवनका प्रहरी प्रमुख दीपक थापाले सडकखण्ड खुल्न अझै ५/६ घण्टा लाग्ने बताउनुभयो । सामान्य वर्षा हुँदा पनि पहिरो खस्न थालेपछि यो सडकखण्डको यात्रा गर्न जोखिम बढेको छ । दिनहुँजसो पहिरो खसिरहेकाले निर्माण कार्यमा समेत अवरोध पुगेको सडक आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  ५ : ५० बजे