७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बाणगंगाका थारु अगुवाद्धारा नगर प्रमुखलाई ज्ञापन पत्र पेश



सरिता थारु, साउन १९ ।

बाणगंगा नगरपालिका वडा नं. ३ का थारु अगुवा प्रशुराम रौतार , द्धारिका प्रसाद चौधरी लगाएतका टोलीले विहीबार नगपालिकाको कार्यालय तथा वडा नं. ३ को वडा कार्यालयमा एक ज्ञपन पत्र पेश गरेका छन् ।

नेपालमा थारु जातिहरुमा मात्र देखिने सिक्कल सेल एनिमिया रोगले ग्रसित ब्यक्तिहरुको पहिचानका लागि निशुल्क रगत जांच गरि परिचय पत्रको व्यवस्था गर्न ज्ञापन पत्र माफर्त माग गरिएको छ ।

साथै यस रोग लागेका व्यक्तिहरुमा रगतको कमी हुन सक्ने हुदां व्लड वैंकको स्थापना गरि आकिस्मीक ब्लड पाउने व्यवस्था गर्न , त्यसैगरी रोगले ग्रसीत व्यक्तिहरुलाई फलफुल, सागपात तथा माछामासु खानको लागि मासिक भत्ता स्वरुप ३ हजार रुपैयाका दरले प्रदान गर्ने व्यवस्था मिलाउन माग गरिएको छ ।

त्यस्तै ज्ञापन पत्रमा उपचार कोषको व्यवस्था, नगरपालिका भित्र ग्रसित व्यक्तिहरुको तथ्यांक प्रत्येक स्वास्थ्य चौकी र नगरपालिका तथा वडा कार्यालयमा राख्नको लागि माग गरिएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को बजेट बाट यस मागलाई सम्बोधन गर्दै कार्यान्वयनका लागि वडा नं. ३ का अध्यक्ष सन्तराम रौतार र नगर प्रमुख मंगल प्रसाद थारु समक्ष ज्ञापन पत्र मार्फत माग गरेका छन् ।

सन १९९१ मा औलोको अनुसन्धान गर्दा नेपालका १० प्रतिशत थारु समुदायमा सिक्कलसेलको संक्रमण भएको अनुमान गरिएको थियो । तर पछिल्लो समयमा यो रोगको प्रकोप बढेको छ ।

नेपालमा औलो रोगको महामारी हुँदा तराईमा बसोवास गरेका थारु समुदायको शरीरमा औलो रोग खेप्न सक्ने क्षमता विकास हुने क्रममा रक्त कोषिकाहरु सिक्कल वा हसिँया आकारमा विकास हुँदै गएकाले अहिले यो अवस्था रोगको रुपमा सिर्जना भएको हो ।

मानव शरीरमा पाईने रातो रक्त कोषिका आरवीसी प्राकृतिक रुपमा गोलाकार हुन्छन् तर सिक्कल सेल एनिमिया संक्रमण भएका व्यक्तिमा भने यी कोष अर्धगोलाकार वा हसिँया आकारका हुन्छन् ।

विशेष गरी सिक्कल सेल एनिमियाका विरामीमा जण्डिस, वाथ, शरीर दुख्ने लगायतका लक्षण देखिने र अन्त्यमा रगत उत्पादन प्रक्रियामा नोक्सानी पुग्ने भएकाले शरीरमा रगतको कमी भै रक्तअल्पता हुने गरेको पाइन्छ ।

२ देखि ६० वर्ष सम्मका व्यक्तिमा यो रोग देखिएका छ । तर ११ देखि ३० बर्ष उमेर समुहका व्यक्तिमा बढी देखिएको चिकित्सकहरुले बताएका छन् । सिक्कल सेल वंशानुगत भएकाले अन्य माध्यमबाट नसर्ने बताइन्छ । यो रोग १ हजार थारु जाती मध्ये १ जनामा देखिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : ०१ बजे