११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

भरतपुरमा रेणु दाहाल जितुन : बिमलेन्द्र निधि



काठमाडौं, २१ साउन ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको बेला कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बिमलेन्द्र निधिले ट्वीट गर्नुभएको छ ।
उहाँले ट्वीट गर्दै लेख्नुभएको छ, ‘भरतपुरमा रेणु दाहाल जितुन् । हाम्रो चाहना यही नै हो । पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौँला ।’ भरतपुरमा रेणु दहाल जितुन् । हाम्रो चाहना यहि नै हो । पछि अरु राजनीतिक विश्लेषण गर्दै गरौंला ।
भरतपुर महानगरपालिकाको २० नम्बर वडाको १७०३ मत गन्न बाँकी रहँदा एमाले उम्मेदवार देवी ज्ञवाली ४ मतले अगाडि छन् । अहिलेसम्म प्राप्त नतिजाअनुसार देवी ज्ञवालीको ४२४१८ र रेणु दाहालको ४२४१४ मत रहेको छ । वैशाख ३१ को स्थानीय तहको चुनाव हुँदा निधि नै गृहमन्त्री हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ०८ बजे