१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

संसदीय समितिले क्षेत्राधिकार मिचेर निर्देशन दियो : ऊर्जामन्त्री



हेटौंडा, २१ साउन ।
ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक आयोग र संसदीय समितिले आफ्नो क्षेत्राधिकार मिचेर निर्णय गर्नेक्रम बढेको टिप्पणी गर्नुभएको छ । शनिबार हेटौंडामा उद्योगी ब्यवसायीसँग भएको छलफलमा मान्त्री शाहीले संसदीय समितिले स्वेच्छाचारी निर्णयहरु गर्दा लोडसेडिङ हटाउने अभियानमा अवरोध आएको बताउनुभयो ।
सोलार प्लान्टको ठेक्का रद्द गर्न संसदको लेखा समितिले दिएको निर्देशनप्रति संकेत गर्दै उनले यस्ता निर्णयले लोडसेडिङ दोहोरिने खतरा मात्रै निम्त्याएको बताउनुभयो ।
गलत काम गर्ने ब्यक्ति पहिचान गरेर कारवाही गर्नुपर्ने तर, प्रक्रिया नै खारेज गर्ने कार्यकारी शैलीको निर्णयहरुले समस्या मात्रै ल्याउने उहाले बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाउन चुनौतिहरु थपिएको भन्दै यो वर्ष भारतबाट आउने बिजुली बढी खपत गर्नुपर्ने अवस्था आएको बताउनुभयो । त्यसले उद्योगहरुमा दिइने बिजुलीको महशुल केही बढाउनुपर्ने हुन सक्ने उहाले बताउनुभयो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : २२ बजे