११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

त्रिवि आंशिक प्राध्यापक संघले अझै १० दिन रिले अनसन गर्ने



काठमाडौं, २२ साउन ।
त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघले १२ दिनदेखिको रिले अनसनलाई अझै १० दिन निरन्तरता दिने भएको छ । माग पूरा गर्न आइतबारसम्मको समयसीमा दिएर साउन १० गतेदेखि अनसन गरिरहेका आंशिक प्राध्यापकले समयसीमा बढाएर साउनभरि रिले अनसन जारी राख्ने भएको त्रिवि आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले जानकारी दिनुभयो ।
अब पनि माग पूरा नभए त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको राजीनामा सहितका माग लिएर कडा आन्दोलन गर्ने उहाँले बताउनुभयो ।
एक शैक्षिक सत्र अध्यापन गराएका आंशिक प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने, वर्षौंदेखिको बौद्धिक शोषण अन्त्य गर्नुपर्ने लगायत माग राखेर त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरिका क्याम्पसका आंशिक प्राध्यापकले आन्दोलन गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरिका क्याम्पसमा झण्डै ११ सय जना आंशिक प्राध्यापक कार्यरत छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  २ : ४१ बजे