२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेइमारको कागजात अझै आएन



मायादेवी अनलाइन, २५ साउन ।
विश्वका महंगा फुटबल खेलाडी नेइमारको फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा डेब्यु खेल अझै ढिला हुने सम्भावना बढेको छ । लिग वान अन्तर्गत गएको शनिबार रातिको खेलमा मैदान बाहिर रहेका नेइमार आउँदो आइतबार राति हुने खेल पनि खेल्न नपाउने सम्भावना बढेको छ । उनले कागजी प्रक्रिया पूरा नभएका कारण शनिबार रातिको खेल खेल्न पाएका थिएनन् । अहिलेसम्म पनि स्पेनिस फुटबल फेडेरेशनले अत्यावश्यक कागजात नपठाएको फ्रान्सको फुटबलको प्रशासकीय निकाय एलएफपीले जनाएको छ । बिहीबार बेलुकासम्म कागजात नआएमा नेइमारले आइतबारको खेल खेल्न पाउने छैनन् । आइतबार राति पिएसजीले गिन्गाम्पसँग खेल्नेछ । २५ वर्षका नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्ड स्ट्रर्लिङमा पिएसजीमा अनुबन्ध भएका हुन् । उनले अब वर्षको चार करोड ७० लाख पाउण्ड स्ट्रर्लिङ कमाइ गर्ने छन् । पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारले अरु कुनै क्लबमा भन्दा धेरै आम्दानी गर्ने बताएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ११ : ४७ बजे