१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चन्द्रौटामा भव्य सांस्कृतिक कार्यक्रम हुदैँ



थानेश्वर अधिकारी, कपिलवस्तु, २७ साउन ।
कपिलवस्तुको चन्द्रौटामा शुक्रबार भव्य सांस्कृतिक कार्यक्रम हुुदैछ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुको सातौं साधारणसभाको अवसर पारेर सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा लक्ष्मण खड्का, बैकुण्ठ महत, प्रचण्ड जि.सी., नारायण लेकाली, दिपक गरौजा, सिता राना लगायतका कलाकार आउने बताइएको छ ।
साथै साधारण सभामा प्रतिष्ठान कपिलवस्तुले एक बर्ष भित्र गरेका साँगठनिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गरिने छ । साथै सो कार्यक्रम राष्ट्रिय कलाकारसँगै स्थानिय कलाकारको बिशेष प्रस्तुती रहने छ ।
अग्रजलाई सम्मान तथा नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ २०६४ साल देखी कपिलवस्तु रहेर लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको सो प्रतिष्ठानमा हाल सम्म एक हजार ७ जना साधारण सदस्य र ७ जना आजिवन सदस्य रहनु भएको प्रतिष्ठानका नि.बर्तमान अध्यक्ष पुर्णचन्द्र परियारले जानकारी गराउनु भयो ।
सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न बिभिन्न किसिमका उप समिति समेट गठन गरिएको छ । साथै सो अवसरमा प्रतिष्ठान सँग आबद्ध सबै सदस्य, कलाकार तथा सहभागीहरुलाई सामुहिक रुपमा दर खाने कार्यक्रम समेत रहेको प्रतिष्ठानका कोषाध्यक्ष शुसिल खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ३ : ५९ बजे