२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

स्ववियु सिद्धार्थ क्याम्पस बाणगंगाद्धारा जनप्रतिनिधीलाई सम्मान



कोपिला पोख्रेल, कपिलवस्तु २७ साउन ।
स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बाणगंगा कपिलवस्तुले एक कार्यक्रमको आयोजना गरि बाणगंगा नगरपालिकाका नबनिर्बाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख बालाराम ज्ञवाली बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, क्याम्पस संचालक समितिका सदस्य एवम वडा नं ११ का वडा अध्यक्ष सोमनाथ अर्याल, स्नाकोत्तर अध्ययनरत विद्यार्थी तथा बुद्धभुमि नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिकास आचार्य लगायतले बोल्नुभएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्याम्पस अध्यक्ष झविलाल पोख्रेलले जनप्रतिनिधीलाई क्याम्पसका समस्याका बारेमा जानकारी गराउनुभएको थियो । साथै विद्यार्थीका हक अधिकारका निम्ती स्ववियुले सराहनीय काम गरेको भन्दै खुसि व्यक्त गर्नुभयो ।

त्यस्तै उपमेयर अर्यालले क्याम्पसको उन्नतिका लागि नगरपालिका बाट आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै स्ववियुलाई रचनात्मक कार्यक्रम गर्दै अघि बढन सुझाब दिनु भएको थियो । सोही सम्मान कार्यक्रममा ३ सय बढीको उल्लेखनिय सहभागिता रहेको थियोे ।

स्ववियु सभापति शुसिल खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सदस्य सागर घिमिरेले गर्नुभएको थियो भने संचालन स्ववियु सचिव दिनेश चौधरीको रहेको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ०३ बजे