३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

गुल्मीको मुसिकोट नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक



गुल्मि, २७ साउन ।
मुसिकोट नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सस्ंथागत विकास, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेको छ ।
आर्थिक विकास गर्ने नीति लिएको नगरपालिकाले टोल वस्ती सुधार कार्यक्रममार्फत गरिबी र पछौटेपन, असुरक्षित र अव्यवस्थित आवास व्यवस्थित गर्ने योजना बनाएको छ ।
नगरपालिकाले सम्बन्धित वस्तीका वासिन्दाहरुलाई समूहगत विकास गर्न र कफी, फलफूल, पशुपालन, तरकारीलगायतमा अनुदानको व्यवस्था गर्ने सोच अघि सारिएको छ ।
प्रत्येक वडामा खेल मैदान, अपाङ्गता सुरक्षा, नागरिकको शान्ति सुरक्षा, प्राकृतिक प्रकोपवाट पीडित परिवारलाई तत्काल आपतकालीन राहत, घरेलु हिंसा अन्त्य, नागरिकको स्वास्थ्य परीक्षणको व्यवस्था, नगरपालिकाको समृद्धि एवं विकासको लागि कृषि क्षेत्र, सडक सहरीकरण, पर्यटनलगायतमा क्षेत्रगत गुरुयोजना निर्माण गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : १० बजे