२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

दुई दिने अभिमुखीकरण तालिम चाकडचौडामा सम्पन्न



अजय चौधरी, कपिलवस्तु २७ साउन ।
महिला अभिभावकहरुलाई २ दिने पोषण अभिमुखीकरण तालिम शुक्रबार सकिएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ४ चकरचौडामा बिहिबार देखि सञ्चालित तालिम सकिएको हो ।
कपिलवस्तुमा समता र पहुचँका लागि साझेदारी परियोजना (पीक परियोजना ) अन्तर्गत यूरोपियन युनियन तथा वी वल्र्ड अनलसको सहयोग र ग्लोबाल एक्सन नेपाल र सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
उक्त तालिममा पिपरा स्वस्थ्य चौकीका इन्चार्ज राम मनोहर शाह र सामाजिक परिचालक तिलकराम खरविन्दले गर्नुभएको थियो । तालिममा बालविकास केन्द्र, कक्षा १, २ र ३ का महिला अभिभावकहरु गरि ५१ जनाको सहभागीता रहेको सिद्धार्थ सामाजिक विकास केन्द्रका परिचालक अजय चौधरीले जानकारी दिनुभएको छ ।
उक्त अवसरमा कपिलवस्तुमा समता र पहुचँका लागि साझेदारी परियोजना (पीक परियोजना ) का परियोजना प्रबन्धक सुबास यादव र टिम लिडर नारायण घिमिरेले तालिमको प्रभावकरीताबारे अनुगमन गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ३३ बजे