१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रतिष्ठानको सातौँ साधारणसभामा प्रगति र आर्थिक विवरण प्रस्तुत



हरी आचार्य, कपिलवस्तु साउन २७ ।
लोक तथा दोहोरी गीतको संरक्षण र सम्बद्र्धनको लागि क्रियाशिल संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कपिलवस्तुको साधारणसभा शुक्रबार भएको छ । जिल्लाको चन्द्रौटामा प्रतिष्ठानको सातौँ साधारणसभा भएको हो । साधारणसभामा प्रतिष्ठानका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो सांगठानिक तथा प्रगति विवरण प्रस्तुत गनुर्भएको थियो । यस्तै कोषाध्यक्ष शुसिल खत्रीले रु. ७ लाख ७० हजार बराबरको आर्थिक आयब्यय प्रस्तुत गर्नुभएको बताइएको छ । उक्त प्रगति र आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ ।

१ हजार ७ जना साधारण सदस्य र ७ जना आजीवन सदस्य प्रतिष्ठानमा आवद्ध छन् । प्रतिष्ठानले एक बर्ष भरि लोक तथा दोहोरी गीतको क्षेत्रमा लागेका स्थानीय कलाकारको संरक्षण र प्रर्वद्धनको लागि आफु सक्दो काम गरेको अध्यक्ष अधिकारीले सभामा जानकारी गराउनुभएको थियो ।

अग्रजलाई सम्मान तथा नवप्रतिभालाई प्रोत्साहन भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना गरिएको शाखाले छोटो समयमा उल्लेख्य प्रगति गर्न सफल भएको शाखाका लुम्बिनी अञ्चलका कोषाध्यक्ष पुर्णचन्द्र परियारले जानकारी दिनुभयो ।

साधारणसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले कला र संस्कृतिको क्षेत्रमा उल्लेखनिय काम गर्न प्रतिष्ठानलाई सुझाव दिनुभयो । नेपाल विविध भाषा, भाषी, धर्म संस्कृति भएको मुलुक भएकोले पनि यहाँ कला संस्कृतिको महत्व धेरै रहेको मेयर अधिकारीले बताउनुभयो । स्थानीय स्तरबाट पनि लोक गीत संङ्गीतको संरक्षणमा आफु सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैबिच उक्त अवसर पारि भव्य सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका नेता तथा कलाकार लक्ष्मण खड्का, बैकुण्ठ महत, प्रचण्ड जि.सी., नारायण लेकाली, दिपक गर्रौजा, सिता राना लगायतका कलाकारले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

नेपाली नारीहरुको महान पर्व हरीतालिका तीज नजिकिदै गर्दा चन्द्रौटामा प्रतिष्ठानले भवय तीज विशेष सांस्कृति कार्यक्रमको आयोजना गरेको प्रतिष्ठानका सचिव सन्तोश बिकले जानकारी दिनुभएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  ४ : ३७ बजे