१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

दर्पण युवा क्लवद्धारा अन्तर्रकृया कार्यक्रमको आयोजना



दिपा महत, कपिलवस्तु, २८ साउन ।
कपिलवस्तुको दर्पण युवा क्लवले आज एक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । “देशको सर्वाङ्गीण विकास दर्पण युवा क्लवको प्रयास” भन्ने मुल नाराका साथ सुरु हुन लागेको दोस्रो कपिलवस्तु डिवाईसि कप २०७४ को अवसरमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले युवाहरुलाई लागु औषध तथा दुब्र्यवसनीबाट टाढा राख्न खेलले विशेष भुमिका खेल्ने बताउनुभयो । साथै दर्पण युवा क्लवले गरेको कार्य सरहानिय रहेको भन्दै जिल्लामा सुरु हुन लागेको प्रतियोगितालाई आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बोल्दै जिल्लामै हुन गैरहेको खेललाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा क्लवको प्रगती प्रतिवेदन सल्लाहकार नेत्रप्रसाद बन्जाडेले प्रस्तुत गर्नु भएको थियो ।

क्लवका अध्यक्ष पदम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कमल क्षेत्री, नन्दराम पोख्रेल, रविराज ज्ञवाली लगायतले मन्तब्य राख्नु भएको थियो ।

 

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ५५ बजे