१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

युवा संघ कपिलवस्तु संगठन विस्तारको अभियानमा



मायादेवी अनलाइन, कपिलवस्तु, २९ साउन ।
नयाँ स्थानीयतहको निर्वाचन भएपछि युवा संघ कपिलवस्तु पनि नयाँ स्थानीय तह अनुसार संगठन विस्तारमा जुटेको छ । १० स्थानीय तह रहेको कपिलवस्तुका सबै स्थानीय तहमा संगठन विस्तारको अभियानलाई तीव्रता दिने युवा संघ कपिलवस्तुका अध्यक्ष गशेण केशिले जानकारी दिनुभयो । युवा संघ नेपालको केन्द्रिय महाधिवेशनको मिति तय भएको कारणले पनि युवा संघ कपिलवस्तु संगठन विस्तारमा तातेको बताइएको छ ।
यसैबिच हालै मात्र युवा सघं कपिलवस्तुले सुदुर पश्चिममा रहेको विजयनगर गाउँपालिकाको नगर सम्मेलन तथा प्रथम नगर अधिवेशन गरेको छ । उक्त अधिवेशनले लोक बहादुर थापाको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा विष्णु अर्गेजा, सचिवमा मदन सापकोटा, सहसचिवमा सपना काफ्ले, कोषाध्यक्षमा राजेन्द्र कोरी लगायत ३३ सदस्यीय युवा कमिटि गठन गरेको बताइएकोछ ।
उक्त अवसरमा युवा सघं नेपाल लेखा आयोग समिति सचिव तेजेन्द्र बहादुर पाण्डे, युवा संघका केन्द्रिय सदस्य टोपलाल पोख्रेल, एमाले जिल्ला नेता विश्व कार्की, एमाले नेता अर्जुन केसि, गाउँपालिकाका अध्यक्ष गोपाल थापा लगायतले बोल्दै नवगठित युवा संघलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
युवा सघं कपिलबस्तुका अध्यक्ष गणेश बहादुर केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विष्णु अर्गेजाको स्वागत मन्तब्य र युवा नेता महादेव पोख्रेलको सञ्चालनमा सम्पन्न भएको बताइएको छ । सोहि अवसरमा पार्टि परित्याग गरि करिव ५० जना नेकपा एमालेमा प्रवेश गरेको जनाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ३ : १८ बजे