७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

जनशक्ति पार्टी युवा महासंघ कपिलवस्तुमा थापा निर्वाचित



मायादेवी अनलाइन, कपिलवस्तु, २९ साउन ।
राष्ट्रिय जनमुक्ति पार्टी निकट युवाहरुको भातृ संगठन जनमुक्ति युवा महासंघको कपिलवस्तु अध्यक्षमा भक्त पुलामी मगर चयन हुनुभएको छ । जिल्लाको वाणगंगा( ४ गजेहडामा भएको उक्त अधिवेशनले १५ सदस्यिय जिल्ला समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसको महिला उपाध्यक्षमा विष्णु राना, उपाध्यक्षमा चेत आले मगर, सचिवमा देवेन्द्र झेडी, उपसचिवमा पवित्रा दर्लामी, संगठन सचिवमा यामेश रेश्मी, कोषाध्यक्षमा दुर्गाा झेडी रहनुभएको छ । यसैगरि सदस्यहरुमा रमा गाहा, रुविन गुरुङ, विवेक गाहा, भगवती डिस्वा, आरती झेडी, भक्त सारु, नरमाया गाहा र तिल बहादुर थापा निर्वाचित भएको जनशक्ति युवा महासंघ कपिलवस्तुले जनाएको छ ।
अधिवेशनमा प्रमुख आतिथ्यताको आशनबाट बोल्दै राष्ट्रिय जनशक्ती पार्टिका केन्द्रिय परिषद सदस्य भैरव सिंह थापाले नेपालमा जब सम्म जातीय समस्या हल हुदैन तब सम्म देशको विकास नहुने ठोकुवा गर्नुभयो । देशमा जातीय राज्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा पार्टीका केन्द्रिय परिषद सदस्य नागेन्द्र रौतार, बसु राना, जिल्ला अध्यक्ष धन बहादुर मिदुन, जिल्ला इन्चार्ज उत्तम आले, राष्ट्रिय जनमुक्ती युवा महासंघका केन्द्रिय अध्यक्ष शंकर गाहा लगायतले बोल्नुभएको थियो ।

 

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ३१ बजे