१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङमा सर्बाधिक राशिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने



मनिष सुवेदी, दाङ, २९ साउन ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा प्रदेश नम्बर ५ को सर्वाधिक रासीको क्रिकेट प्रतियोगिता हुने भएको छ । आइतबार दाङ जिल्ला क्रिकेट संघले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि आउदो अशोज २१ गते देखि सर्बा्धिक राशिको प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

विभिन्न उमेर समुहमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्साह जनक एवंम् गौरबपूर्ण प्रदर्शन गरिसकेका खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीसंग खेल्ने र सम्वन्ध बिस्तारको अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेटको क्रेज संगै बिकासका लागि राज्य र सरोकारवालाको ध्यानाकर्षण गराउनुका साथै क्रिकेटको माध्यमबाट खेल पर्यटनको बिकास गरि राष्ट्रिय तथा मैत्रीपूर्ण अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न नैतिक दबाब दिने उदेश्यले संभवत प्रदेश नम्बर ५ कै राजधानीको सम्भावना बोकेको दाङ जिल्लामा दंगाली टि–२० कप राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न लागिएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनु भएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागीता, राष्ट्रिय अम्पायर तथा स्कोररको ब्यबस्था, ५ न प्रदेशकै सबैभन्दा ठुलो प्रतियोगिता, नेपाल भरि बाट १० वटा टिमहरु सहभागी हुने लगायत यस प्रतियोगिताका मुख्य आकर्षण रहेका छन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख १० हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट पाउने छन् भने दोश्रो हुने टिमले ५० हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट, बेस्ट बलर र ब्याटसम्यानलाइ ५र५ हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्ट र प्रत्येक म्यान अफ दि म्याचलाई ३ हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र र आकर्षण गिफ्टहरु दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  १२ : १२ बजे