१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

जिसस प्रमुखमा कांग्रेसमा शर्मा निर्वाचित



विरेन्द्र केसि, अर्घाखाँची, २९ साउन ।
अर्घाखाँचीको जिल्ला समन्वय समिति प्रमुख पदमा कांग्रेसका पूर्वजिल्ला पाटी सभापति पिताम्बर शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रवार मनोनयन दर्तामा अन्य दलबाट कसैले उम्मेदवारी दर्ता नगरेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । शर्मालाई माओवादी केन्द्रले समर्थन गरेको थियो । उपप्रमुखमा माओवादीका रिषिबहादुर पुलामी निर्विरोध हुनुभएको छ ।

खुलाबाट ढालबहादुर राउत क्षेत्री र रेमबहादुर राना मगर, महिला सदस्य विमला परियार, झमाकुमारी श्रेष्ठ, लक्ष्मी पौडेल, दलितबाट बलेन्द्र विश्वकर्मा, मुस्लिमबाट सम्शेरदिन मियाँ र सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । ६ स्थानीय तह रहेको जिल्लामा १२ जना मतदाता रहेका थिए ।

 

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ४६ बजे