१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अवरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड संचालनमा



बिष्णु कुमार आले साउन ३० ।
अबिरल बर्षाका कारण अर्घाखाँचीको नरपानी नजिकै पहिरो जादा बिहान ५ बजेदेखी अबरुद्ध गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड संचालनमा आएको छ । सडकको माथीबाट पहिरो खसेर सडक बन्द भएपछी काम बिषेसले हिडेका यात्रुहरु अलपत्र परेका थिए । सडक कर्मचारी र प्रहरी टोली पुगेर डोजरले पहिरो हटाए पछी बाटो सुचारु भएको हो । लामो समय सडक अवरुद्ध भएपछी दर्जनोै गाडीहरु रोकिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ८ : ४१ बजे