१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एन्फाको बैठक बुधबार (आज) बस्दै



काठमाडौं, ३२ साउन ।
अखिल नेपाल फुटबल संघ एन्फाको बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रवक्ता इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
एन्फाको लापरवाहीका कारण एएफसी कप प्ले–अफमा थ्रीस्टार क्लबले खेल्न नपाएकोमा उसलाई क्षतिपूर्ति दिने र दोषी ठहरिएकालाई कारवाही गर्ने विषयमा विवाद भएपछि गएको साउन १२ गतेको बैठक स्थगित भएको थियो । बुधबारको बैठक पनि यहि विषयमा केन्द्रित हुने तुलाधरले बताउनुभयो ।
त्यस्तै बैठकमा महिला फुटबल कार्यक्रम तथा प्रतियोगिता, १५ वर्षमुनिको साफ महिला फुटबल प्रतियोगितामा सहभागिता, एएफसीको रोडम्याप अनुसार संघो विधान संशोधन तथा विशेष साधारण सभा, ए डिभिजन लिग संचालन लगायत विषयमा पनि बैठकमा छलफल हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ३३ बजे