१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नगर तथा वार्ड प्रमुखलाई साना किसान सहकारीको सम्मान



सन्तोष पन्थी, कपिलवस्तु ३२, साउन ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड बुद्धभूमि नगरपालीका ९, कपिलवस्तुले आफ्नो कार्यक्षेत्र भित्रका नगर तथा वडाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई मंगलबार सम्मान गरेको छ ।
संस्थाका उपाध्यक्ष चुरामणी पोख्रेलको अध्यक्षता, बुद्धभुमी नगरपालीकाका मेयर केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, नगर उपप्रमुख मिरा चौधरीको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा, बुद्धभुमी न.पा. १, ३, ८ र ९ का जनप्रतिनिधिलाई संस्थाका अध्यक्ष खुमानन्द न्यौपाने तथा उपाध्यक्ष पोख्रेलले मायाको चिनो सहित खादा ओढाएर सम्मान गर्दै बधाइ दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठ तथा उपप्रमुख चौधरीले यो सहकारी जिल्लाकै उत्कृष्ट सहकारी भएको दावी गर्दै आफूहरुले पनि संस्थासँग सहकार्य गर्दै नगरलाई आर्थिक उन्नतिमा लैजाने प्रतिबद्धता जाहेर गर्नु भयो भने, संस्थाका पूर्व सञ्चालक झविन्द्रराज शास्त्रीले संस्थाको सुरुवात देखि हालसम्मको गतिबिधिबारे प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी पुर्व गा.वि.स अध्यक्ष रेश्मिराज अधिकारी, अन्तर समूह सदस्य हिमकान्त अधिकारी, वार्ड १,३,८ र ९ का वार्ड अध्यक्ष क्रमश तेजबहादुर बस्नेत, गोबिन्द प्रसाद आचार्य (विकास), कपिलदेव तिवारी, खुमानन्द न्यौपानेले आ–आफ्नो ठाँउबाट सहकारीको विकास र गरिब निमुखा किसानको घर घरमा साना किसान सहकारीले गर्ने कार्याक्रमको जानकारी गराउँदै गाउँघर तथा सिंगो नगरको आर्थिक विकास गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
सञ्चालक समिति सदस्य चन्द्रकला भट्टराईको स्वागत मन्तव्य, संस्थाका पुर्ब सन्चालक, अन्तर समूहका प्रतिनिधि, संचालक तथा लेखा समिति लगाएतको उपस्थीति रहेको कार्यक्रमको सञ्चालन प्रबन्धक बलराम भुसालले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ५ : ३० बजे