१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

एमाले कपिलवस्तुद्धारा स्थानीय तह निर्वाचनको समिक्षा



मायादेवी अनलाइन, कपिलवस्तु, ३२ साउन ।
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुले स्थानीय तह निर्वाचनको बारेमा आज समिक्षा गरेको छ । मदन आश्रित स्मृति भवन तौलिहवामा आज बसेको जिल्ला कमिटीको विस्तारित बैठकले स्थानीय तहको निर्वाचनको बारेमा समिक्षा गरेको हो ।
बैठकमा स्थानीय तहको निर्वाचनमा अनपेक्षित नतिजा आएको प्रति पार्टीमा गम्भिर छलफल भएको जनाइएको छ । साथै स्थानीय तहको निर्वाचनमा पार्टीबाट जितेका उम्मेद्वारलाई बैठकले बधाई ज्ञापन गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख एलपि बेल्वासेले जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता विष्णु पंथीले आगामी दिन जातीय सन्तुलन र आन्तरिक व्यवस्थापन प्रति पार्टीले ध्यान पु¥याउने बताउनुभएको थियो । जिल्लाका कतिपय जित्नै पर्ने ठाउँमा पार्टीले हार खानुमा प्रतिक्रियाबादी शक्तिको साम, दाम र दण्डभेदको नीतिनै रहेको उहाले बैठकमा प्रष्टाउनुभएको थियो ।
साथै बैठकले देशमा हालै बाढी र पहिरोले पु¥याएको जनधनको क्षतिमा राज्य गम्भिर नभएको भन्दै क्षति पुगेका घरपरिवारलाई उचित राहत दिन माग गरेको छ । बाढी, पहिरो प्रभावित घरपरिवारलाई सहयोग गर्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।
एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको बैठकमा एमाले प्रदेश नम्बर ५ का सदस्य कृष्ण पौडेल, टिकाराम अर्याल, डिल्लिराज भुषाल, प्रभा पौडेल, पार्टी स्कुल विभागकी केन्द्रिय सदस्य विमला घिमिरे, केन्द्रिय बन तथा वातावरण विभागका सदस्य शान्तिदेवी चमार, जञ्जीर प्रसार थारु लगायतको आतिथ्यता रहेको थियो । बैठक एमाले जिल्ला उपाध्यक्ष बाबुराम खनालको स्वागत मन्तव्य र जिल्ला सचिव बाबुराम आचार्यको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  १२ : १७ बजे