८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

समन्वय समिति गुल्मीमा एमाले निर्वाचित, सपथ पनि लिए



गुल्मी ३२ साउन ।
जिल्ला समन्वय समिति गुल्मीका निर्वा्चित जनप्रतिनिधीले सपथ तथा पदभार ग्रहण गरेका छन् । बुधवार सदरमुकाम तम्घासमा मुख्य निर्वाचन कार्यालय गुल्मीले गरेको सपथ तथा पदभार कार्याक्रममा निर्वा्चित ९ जना जनप्रतिनिधीले सपथ लिएका हुन् ।
समन्वय समितिको प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले सपथ खुवाउनु भएको थियो । अन्य सदस्यहरु चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर बिश्वकर्मा, हरिप्रसाद ज्ञवाली, रमादेबी पुन, गंगा पन्त, उजेली बिकलाई समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले सपथ खुवाउनु भएको थियो ।
सपथ ग्रहणपछी बोल्दै नवनिर्वा्चित प्रमुख लक्ष्मण पराजुलीले जनताको भावना र मर्म अनुरुप आफू अघि वढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै मुख्य निर्वाचन अधिकृत एबं जिल्ला न्यायाधीश मात्रिका मरासिनीले शान्तिपूर्ण मर्या्दित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
जिल्लाका १२ स्थानीय तह मध्ये एमालेले २ नगरपालिका सहित ७ स्थानीय तह जितको थियो । एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको थियो । कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जितेको थियो । जिल्ला समन्वय समितिमा सबै एमालेका हुन ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  १२ : २३ बजे