२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

राष्ट्रपति विरुद्ध सामाजिक सञ्जालमा लेख्ने सुनार जेल चलान



काठमाडौं, ३२ साउन ।
राष्ट्रपति विरुद्ध १६ करोडको गाडी खरिद सम्बन्धी प्रकरणमा सामाजिक सञ्जाल मार्फत घृणा—द्धेष फैलाउने पत्रकार सोनुकुमार सुनार जेलचलान भएका छन् ।

कपिलवस्तु स्थित सउदी डेभलपमेन्ट बैंकद्धारा सञ्चालित मुस्लिम रेडियो हुँदामा कार्यरत प्युठानवासी उनी त्यहीँबाट समातेर काठमाडौं ल्याइएका हुन् ।

असार २९ गते विशान ११ बजे रेडियोबाट गिरफ्तार गरिएका उनलाई काठमाडौं जिल्ला अदातलको साउन २३ गतेको आदेश अनुसार विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, ५६ र ७६ बमोजिम ५ बर्ष कैद मागदावी भएकामा सोको भुक्तानका निमित केन्द्रीय कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ४७ बजे