१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काममा अघि बढ्दै वाणगंगा नगरकार्यपालिका



कपिलवस्तु, १ भदौ ।
वाणगंगा नगरकार्यपालिकाको वैठकले विभिन्न विषयगत समिति बनाएर कामलाई अगाडि बढाएको छ । वैठक संचालन कार्य विधि, पदाधिकारीहरुको आचार संहिता, निर्णय प्रमाणीकरण गर्ने, नियमावली आदेश वैठकले पारित गरेको छ ।
त्यस्तै गरि यस नगर भित्र वौद्धिक विश्व विद्यालयको आंगीक क्याम्पस खोल्नका लागि नगरले सहयोग गर्ने भएको छ । उपयुक्त जग्गा खोज्न र व्यवस्थापनको संयोजन गर्ने जिम्मा उपप्रमुख अर्याललाई दिइएको छ । अब लगत्तै कार्य नियमावली सम्पादन, कार्यविभाजन नियमावली तय गरिने कार्यकारी अधिकृत तुलशीराम मरासीनीले जानकारी दिनुभयो । यो विचमा ३ वटा विषयगत समिति बनेको नगर अधिकृत मरासिनीले जानकारी दिनुभएको छ ।
वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको संयोजकत्वमा राजश्व परामर्श समिति गठन भएको छ । सो समितिले राजश्वका वारेमा काम गर्ने छ । त्यस्तै नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुको संयोजकत्वमा सिमा निर्धारण समिति गठन भएको छ । त्यस्तै गरि उप प्रमुख अर्यालको संयोजकत्वमा वजेट तथा कार्यक्रम तयारी समिति गठन भएको छ ।
तत्काल बिग्रीएको सडक मर्मतका लागि नगरका ११ वटै वडालाई प्रति वडा २ लाखका दरले रकम पठाउने निर्णय भएको छ । यसको व्यवस्थापन गर्ने जिम्मेवारी प्रत्येक वडा अध्यक्षहरुलाई दिइएको छ । त्यसै गरि वडा कार्यालय तत्काल व्यवस्थापनका लागि प्रति वडा २ लाख वजेट दिने निर्णय गरिएको छ ।
वडा कार्य सञ्चालनका लागि आवश्यक कर्मचारी माग गरिएको छ । नगरका ४ वटा वडा कार्यालय कर्मचारीको अभावमा संयुक्त रुपमा सेवा प्रदान गरिएको छ । यि कार्यालयमा कम्तीमा पनि ८ जना कर्मचारी आवश्यक हुने कार्यालयले जनाएको छ । सार्वजनिक जग्गाहरुको अतिक्रमण रोक्न र निग्रानी बढाउन पहल गरिने भएको छ । नगरभित्र छाडा चौपाँयालाई व्यवस्थापन गरिने भएको छ ।
टोलीले उक्त स्थानमा देखिएको समस्यालाई स्थलगत रुपमै गएर यर्थात् कुरा बुझी समस्या समाधान गरिने बताईएको छ । अव नगरका ११ वटै वडाहरुमा प्रत्यक्ष जनसहभागीतामा वडा भेला गर्ने र भदौ १५ सम्ममा नगरसभा गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ४ : ०६ बजे