१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलबस्तु नगरपालिकाको नगर परिषद भाद्र १२ गते हुने



अबिनाश बेल्बासे, कपिलबस्तु, १ भदौ ।
कपिलबस्तु नगरपालिकाको नगर परिषद यहि भाद्र १२ गते हुने भएको छ । नगरपालिकाको नगर परिषदको तयारी स्वरुप अहिले प्रत्येक वडामा भेला बसिरहेको कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिँहले जानकारी दिनुभयो ।
नगर परिषदमा बिशेष गरी स्वास्थ्य र शिक्षामा विशेष जोड दिई बजेट विनियोजन गर्ने नगर प्रमुख सिंहले बताउनुभयो । नगरभित्रका बालबालिकालाई कुपोषणको समस्या व्याप्त भएकाले यसलाई न्युनिकरण गर्नका लागि बिशेष योजना बनाउने गरि तयारी भएको उहाले स्पष्ट पार्नुभयो ।
कपिलबस्तु नगरपालिकामा ११ वटा वार्ड रहेका छन । नगरपालिकाका कतिपय वडा ग्रामिण क्षेत्रमा पर्ने भएकाले ग्रामिण क्षेत्रको सर्वा¨ीण बिकासमा आफु लागि पर्ने उहाको भनाई छ । बजेट बिनियोजन गर्दा ग्रामिण क्षेत्रका बाटो, नालि, सरसफाईलाई समेट्ने गरी बजेट बिनियोजन गरिने पनि नगर प्रमुख सिँहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ४ : १२ बजे