१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

संविधान संशोधन प्रक्रियामा एमाले भाग लिन्छ : सुवासचन्द्र नेम्वाङ



काठमाडौं, १ भदौ ।
एमाले संसदस्य दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू संविधान संशोधनको प्रक्रियामा सहभागी हुने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेम्वाङले संविधान संशोधनको प्रक्रियामा भाग लिए पनि मतदान भने विपक्षमा गर्ने बताउनुभयो ।
‘एमाले संविधान संशोधनको प्रक्रियामा सहभागी हुन्छ’, उहाँले भन्नुभयो, ‘तर, हामीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने छौँ ।’
हिन्दी भाषालाई सम्पर्क भाषा, सीमाङ्कन हेरफेर, अंगीकृत नागरिकलाई अधिकार दिने विषयमा एमाले कहिल्यै सहमत नहुने एमाले संसदीय दलका उपनेता नेम्वाङले बताउनुभयो ।
संविधान संशोधनको विधेयकलाई संसदमा प्रवेश गर्न दिएर कुनै बेला संसद अबरोध गरेको एमालेले अहिले आएर संशोधनको प्रक्रियामा सहभागी हुने निर्णय गरेर सरकारलाई बाटो खोलिदिएको छ ।

दैनिक नेपालबाट

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  १० : ४० बजे