८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

राष्ट्रिय पौडी प्रतियोगितामा तोडियो ४ कीर्तिमान



काठमाडौं, १ भदौ ।
राष्ट्रिय पौडी प्रतियोगितामा बिहीबार चार वटा राष्ट्रिय कीर्तिमान बनेको छ । सातदोबाटोमा रहेको अन्तर्रा्ष्ट्रिय पौडी पोखरीमा भएको प्रतियोगिताको ५० मिटर बटरफ्लाई र दुई सय मिटर फ्रि स्टाइलमा गौरीकाले नयाँ कीर्तिमान बनाएकी छिन् ।
उनले ५० मिटर बटरफ्लाइमा २९ दशमलव ०४ सेकेण्ड र २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट ११ दशमलव ९४ सेकेन्डको कीर्तिमान बनाएकी हुन् ।
त्यसैगरी एपिएफकी दुवाना लामाले २ सय मिटर ब्रेस्ट स्ट्रोकमा विविधा रिमालको नाममा रहेको कीर्तिमान भंग गर्दै ३ मिनेट ७ दशमलव २२ सेकेण्डको कीर्तिमान बनाएकी हुन् ।
यसैगरी एपीएफकै सुभम श्रेष्ठले २ सय मिटर ब्रेष्ट स्टोकमा २ मिनेट ३६ दशमलव ७५ सेकेन्डको कीर्तिमान राखेका छन् । बिहीबार भएको पुरुष २ सय मिटर फ्रि स्टाइल तथा बटरफ्लाइ र ५० मिटर बटरफ्लाइ तथा ब्याक स्ट्रोकमा आर्मीका अनुभव सुब्बाले स्वर्ण जितेका छन् ।
यस्तै २ सय मिटर ब्याक स्ट्रोकमा आर्मीकै रुपेश चौधरीले स्वर्ण जितेका छन् । यसैगरी महिलातर्फ ५० मिटर ब्याक स्ट्रोकमा पश्चिमाञ्चलकी समिरा शोभा थापा विजयी भएकी छिन् । ४ गुणा १ सय रिलेको महिला तथा पुरुष दुवै विधामा सशस्त्र प्रहरीको टोली विजयी भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ३ : १५ बजे