१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

बाढीको कृषि क्षेत्रमा पनि वितण्डा, ८ अर्ब बढीको क्षति



काठमाडौं, १ भदौ ।
देशका विभिन्न भू-भागहरुमा गएको बाढी र पहिरोका कारण ८ अर्व ११ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । विषेशगरी तराई तथा भित्री मधेशका अधिकांश भू–भागहरु जलमग्न हुँदा पशुचौपाया, खाद्यान्नबाली, खेतियोग्य जमिन लगायमा ठूलो क्षति भएको हो ।
अहिलेसम्म बाढी तथा पहिरोमा परी १६४८ पशु चौपाया मरेको तथ्यांक गृह मन्त्रालयमा आइपुगेको छ । अति प्रभावित ३१ जिल्लाहरुमा अनुमानित ३ अर्व १८ करोड ३० लाख रुपैयाँ बराबरको धानबाली नष्ट भएको छ । यस्तै २ अर्व ९६ करोड ५४ लाख रुपैयाँ बराबरको तरकारी बालीमा पनि क्षति भएको छ ।
८० करोड ५ लाख रुपैया बराबरको माछा, ५३ करोड ६५ लाख रुपैयाँ बराबरको दलहन, ३४ करोड २ लाख बराबरको बेसार र २४ करोड १३ लाख बराबरको मकै गरी ८ अर्बभन्दा बढीको क्षति भएको तथ्यांक कृषि मन्त्रालयमा आइपुगेको छ ।
अझै पनि विवरण संकलकनलको क्रम जारी रहेकाले यो क्षतिको परिमाण अझै बढ्न सक्ने अनुमान छ । पशुपंक्षी मन्त्रालयका अनुसार अहिलेसम्म ७२ हजार ६९९ वटा पशुपंक्षीहरुको क्षति भएको विवरण आएको छ ।
विपत्तिबाट प्रभावित किसान परिवारले अनुभूति गर्ने गरी राज्यको उपस्थिति र्पुयाउन राष्ट्रिय कृषक समूह महासंघ नेपाल लले सरकारसँग माग गरेको छ ।
महासंघले घाइते चौपायाहरुको निःशुल्क उपचार र बासस्थानको उचित ब्यवस्था गर्न पनि माग गरेको छ । क्षतिको यथार्थ तथ्यंक संकलन गरि कृषिमा आधारित पुर्नास्थापनाको प्याकेज घोषणा गर्न र क्षति भएका बाली एवं पशुपंक्षिहरुको उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरिएको छ ।
क्षति भएका कुलो, नहर, पैनीहरुको शीघ्र मर्मत तथा पूननिर्माण गर्न, बगरमा परिणत भएका खेतीयोग्य जमिनहरुको लगत संकलन गरि पूनःसुरक्षित खेतीयोग्य जमिन कायम गर्न, नदि कटानबाट क्षति भएका जमिनहरुको लगत संकलन गरी संरक्षण र ब्यवस्थापन गर्न पनि महासंघले सरकारलाई ध्यनाकर्षण गराएको छ ।

 

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ३ : ३६ बजे