२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

सुशासन र पारदर्शिता बृद्धि गर्न सामाजिक परिक्षण



मायादेवी अनलाइन, कपिलवस्तु, १ भदौ ।
सुशासन र पारदर्शिता बृद्धि गर्न कपिलवस्तुको तौलिहवामा सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक परीक्षण गरेको छ ।
सो अवसरमा प्रजिअ बिष्णु ढकालले संस्थाले राम्रो काम गरको भन्दै शिक्षा, स्वास्थ्य लगायतको सवालमा ठोस काम गर्न उहाँले आग्रह गर्नुभयो । सिद्धार्थ सामाजिक विकास केन्द्र जिल्ला कै गैरसरकारी संस्था मध्येको अग्रणी संस्था रहेकोले यसले अरु संस्थाहरु भन्दा अझ सशक्त रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले सिद्धार्थ संस्थाले सरहानीय काम गरेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने जनाउनुभयो । सो अवसरमा संस्थाका निर्देशक पोमनारायण पौडेलले संस्थाद्धारा संचालित चार वटा कार्यक्रमको उपलब्धि र प्रगति लगायतका बिषय प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले स्थानीय शासन तथा सामुदायिक विकास, पहुँच, शैक्षिक अधिकारका लागि सरोकारवाला समुदाय संग सशक्तिकरण, समता पहुँच नामक कार्यक्रम संचालन गदै आएको छ । जसको कुल लागत करिब ८२ लाखको रहेको संस्थाले जनाएको छ ।
संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, सचिव रोमकान्त घिमिरेको संचालन र उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागतमा भएको कार्यक्रममा गैसस महासंघका जिल्ला अध्यक्ष प्रवीण कुमार श्रीवास्तव, महिला समन्वय समितिका अध्यक्ष माधुरी श्रेष्ठ, बिद्यालय निरीक्षक रामप्रसाद कोईराला लगायतले मन्तब्य दिनुभएको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ३ : ४४ बजे